भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए « Khabarhub

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि शव खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ।

बाढीमा परी बेपत्ता भएकाहरूको शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि आजदेखि ड्रोन, रबरबोटलगायतका उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज खोज तथा उद्धार कार्यमा परिचालन गरिएको हो।

सेनाको टोलीले चितवनका विभिन्न नदी तटीय क्षेत्रमा सम्भावित स्थान पहिचान गर्दै ड्रोनमार्फत खोजी गर्नुका साथै रबरबोटको प्रयोगबाट नदी तथा आसपासका क्षेत्रमा बेपत्ताको खोजी गरिरहेको छ।

बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको अवस्थामा बेपत्ताको खोजी, फेला परेका शवको उद्धार तथा सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राखेर सुरक्षा निकायले अभियान तीव्र बनाएको जनाएको छ।

तस्बिर : राजेन्द्र आचार्य

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ३ : ०१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली