नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ « Khabarhub

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ रसुवा बाढी पीडितको राहतका लागि सरकारलाई हस्तान्तरण गरेकी छन् ।

नीताले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ११ लाख तीन हजार २७० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् । उनले प्रधानमन्त्री दैवीप्रकोष् उद्धार कोषका लागि उक्त चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् ।

फिल्मको पहिलो दिनको कमाइबाट निर्माताको अंशमा आएको सम्पूर्ण रकम उनले सरकारलाई दिएकी हुन् ।

यो फिल्म रसुवामा बाढी आएको पर्सीपल्ट भदौ १२ देखि प्रदर्शनमा आएको थियो । उनले बाढी पश्चात ‘पार्वती’को पहिलो दिनको व्यापार राहत स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

उनले त्यही प्रतिबद्धता पूरा गरेकी हुन् ।

यही फिल्मबाट नीताले निर्देशनमा डेब्यू गरेकी छन् । फिल्ममा उनी र बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ३ : ०६ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला