नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह « Khabarhub

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने ४३.८९ अंकले घट्न पुग्यो।

सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५१३.४२ बिन्दुमा पुगेको हो । सोमबार उच्च अंकले नेप्से घट्दा नेप्सेको कुल पुँजीकरण पनि १.७१ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार भएकामध्ये २५३ वटा कम्पनीको सेयर मूल्य घट्यो भने २१ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

निर्जीवन बीमा समूहमा उच्च गिरावट

समूहगत आधारमा हेर्दा सोमबार नेप्सेमा उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो । जसमध्ये निर्जीवन बीमा उपसमूहमा सबैभन्दा धेरै अर्थात् ४९०.०६ बिन्दुले गिरावट आएको छ ।

उच्च अंकले गिरावट आउँदा सोमबार निर्जीवन बीमा उपसमूहको कुल पुँजीकरण पनि ५.०३ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै, सोमबार होटेल तथा पर्यट समूहको उपसूचक १७४.८७, हाइड्रोपावर समूहको उपसूचक १०४.३६ र जीवन बीमा समूहको उपसूचक २२२.३१ अंकले घट्न पुग्यो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ३ : २२ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल