बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन « Khabarhub

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको दूरसञ्चार सेवा प्रायः सबै स्थानमा सञ्चालनमा आएको छ । 

बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम र एनसेलका टावर तथा साइट मर्मत एवं पुनःस्थापना गरेपछि सेवा सञ्चालनमा आएको हो ।  

बाढीपछि धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । कतिपय टावरमा आवश्यक उपकरण र पूर्वाधारमा क्षति पुगेको थियो । यसका कारण मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको थियो । सेवा सञ्चालनका लागि कम्पनीहरूले आवश्यक जनशक्ति र उपकरण परिचालन गरेका थिए । 

टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन पनि विभिन्न माध्यमबाट सम्बन्धित स्थानमा पुर्‍याइएको थियो । टेलिफोन र इन्टरनेट सेवा सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरण र इन्धन हेलिकप्टरबाट समेत ढुवानी गरिएको थियो ।

नेपाल टेलिकमका अधिकांश साइट पुनःसञ्चालनमा आइसकेका छन् । नेपाल टेलिकमले राससलाई उपलब्ध गराएको विवरणअनुसार धादिङ, नुवाकोट र रसुवाका धेरै साइट पुनः सञ्चालनमा आइसकेका हुन् ।

अग्निचोक, बैरेनी–१ थामेल डाँडा, बुढाथुम, छत्रेदेउराली, धुस्सा पृथ्वी राजमार्ग, धुवाकोट, गजुरी, गजुरी–२, गोगनपानी, गुम्दी, जीवनपुर, जोगिमारा, ज्यामरुङ, करिगाउँ, कटुञ्जे, किरान्चोक र कुम्पुर साइट सञ्चालनमा आएका छन् । 

त्यस्तै लापा, महादेवबेँसी, मैदी, मलेखु, नालाङ, नौबिसे, पुच्छार बजार, सालबास, थाक्रे, रानीबारी, टिप्लिङलगायतका स्थानका टेलिकम टावरबाट समेत सेवा सञ्चालन भएका छन् ।  

त्यसैगरी, बालकुमारी नुवाकोट, बट्टार, बिदुर, चौगडे, दुईपिपल र घ्याङफेदी साइट पनि सञ्चालनमा छन् । बुंगताङ, ककनी, चारघरे, खरानीटार, मदनपुर, नरजामण्डप, न्यौपानेचौर, नुवाकोट दरबार, ओखरपौवा, रानीपौवा, गर्खु, जिलिङ, कल्याणपुर, सामरी भञ्ज्याङ, सुनखानी, तालाखु, टुप्चे, छापथोके र चारघरे मुलाबारी साइट पनि सञ्चालनमा छन् ।

त्यसैगरी सत्यदेवी, ढोला, मुरलीभञ्ज्याङ, ताल्ती, धुन्चे, पाङसाङडाँडा, केवलपुर, महादेवस्थान, समुद्रादेवी, सङ्कोश डाँडा, दाँडाखर्का, गोलजुङ, मालखु बजार माइक्रो, जिम्बाङ र रसुवा बोर्डर साइट सञ्चालनमा छन् । 

मनकामना डाँडा, सरमथली, गोलजुङ–१, कालिकास्थान, भौनबेँसी, धादिङ कार्यालय, धुन्चे आर्मी क्याम्प माइक्रो, नौबिसे काफ्लेचौर, ककनी एपीएफ माइक्रो बीटीएस र गल्छी माइक्रो साइट पनि सञ्चालनमा छन् ।

त्यस्तै जिबजिबे न्यू, चतुराली, ढिकुरे, कविलास मोटरभञ्ज्याङ, झर्लाङ, सुनखानी धादिङ, बिदुर बसपार्क, भैरवस्थान, लिङ्जो, क्याङ्जिन लाङटाङ, बेलकोट, चोकलबञ्ज्याङ र पिपलटार माझीटार साइट पनि सञ्चालनमा छन् ।

मेघान–४, कुटुमसाङ, बेतिनी, जिबजिबे माइक्रो, त्रिशूली–३ ए-३ बी, माथिल्लो स्याङ्जेन, गोसाइँकुण्ड, तासरपु, शिखरहेल बज्रबाराही–२ र दाँडाखर्का साइट सञ्चालनमा आएको विवरणमा उल्लेख छ ।

नेपाल टेलिकमका केही साइट भने अझै सञ्चालनमा आउन सकेका छैनन् । बेनीघाट रोराङ, गल्छी, शिवपुरी, तारकेश्वर, विदुर, किस्पाङ, गोसाङकुण्डलगायतका पालिकामा समान एउटा टावर पुनः सञ्चालनमा आउन सकेका छैनन् ।  

एनसेलका पनि अधिकांश साइट सञ्चालनमा बाढी तथा पहिरोबाट प्रभावित एनसेलका अधिकांश साइट पुनः सञ्चालनमा आएका छन् । 

कम्पनीका अनुसार जुगेटार, धुञ्चे, बट्टार, पिपलटार, बिदुर, गोल्जुङ, महामण्डललगायतका साइट सञ्चालनमा छन् । त्यस्तै बट्टार बजार, भूमिडाँडा, खाल्टे (ट्रान्जिट), सुनौला बजार, सिबालय डाँडा, खाल्चेत भञ्ज्याङ, देउराली र कालीकास्थान साइट पनि सञ्चालनमा आइसकेका छन् । 

चुली (कडेनी), चौर्तोल, दुईपिप्ले–कोल्टाक, बहुडाँडा र माने डाँडा साइटबाट पनि सेवा सञ्चालन भइरहेको छ । तर एनसेलको रसुवागढी, तिरु र त्रिशूली साइट भने पूर्वाधारमा क्षति भएको कारण बन्द अवस्थामा छन् ।

बाढीपछि सडक, विद्युत् र सञ्चार पूर्वाधारमा एकैसाथ क्षति पुगेका कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न चुनौती देखिएको थियो । यद्यपि नेपाल टेलिकम र एनसेलले वैकल्पिक माध्यमबाट आवश्यक उपकरण, जेनेरेटर र इन्धन पु¥याएर सेवा पुनःस्थापनालाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ५ : ५२ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न