रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता « Khabarhub

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार मंगलबार एक जर्मन नागरिकसहित १०९ जनाको हवाई उद्धार गरिएको छ।

सेनाका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘टनेल हेड’ फेला परेको छ। कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ भने भित्र जमेको पानी निकाल्ने कार्य जारी छ। साथै, तीनवटा एक्स्काभेटर प्रयोग गरी सुरुङको पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ।

त्रिशूली–३ ‘बी’ मा पनि विज्ञसहितको नेपाली सेनाको टोली परिचालन गरी एक्स्काभेटरको प्रयोगबाट खोज तथा उद्धार जारी राखिएको छ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली ३५ मिटरसम्म प्रवेश गरी अगाडिको भाग सफा गर्ने काममा जुटेको सेनाले जनाएको छ।

त्यस्तै, अपर त्रिशूली–१ आयोजनाअन्तर्गत मैलुङमा २०० मिटर र हाँकूमा ३०० मिटरसम्म संयुक्त टोली पुगेर खोजी गरेको छ। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगेर सुरुङ बन्द भएको भाग फेला पारेको छ।

लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा पुगेको संयुक्त उद्धार टोलीले करिब ६५ मिटरसम्म खोजी गर्दै एउटा शवसमेत सङ्कलन गरेको नेपाली सेनाले जनाएको छ।

बस्ती, जंगल र डाँडाकाँडामा पनि खोजी

सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडाकाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयको अवस्थाबारे जानकारी लिने र उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने कामसमेत गरिरहेको जनाएको छ।

खोज तथा उद्धारका क्रममा टिमुरे क्षेत्रमा नेपाली सेनाको टोलीले पाँचवटा सेफ फेला पारेको छ। तीमध्ये तीनवटामा नेपाली भाषाका अक्षर र दुईवटामा चिनियाँ भाषाका अक्षर रहेको सेनाले जनाएको छ। फेला परेका सेफ सशस्त्र प्रहरी बल नेपाललाई भरपाईसहित बुझाइएको छ।

यसैगरी, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट मंगलबार मात्रै १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : ३१ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न