बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’ « Khabarhub

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भएको छ ।

पोस्टमा मेस्सीको इन्स्टाग्राम अकाउन्टबाट हस्तलिखित पत्रका तीन पाना सार्वजनिक गरिएको देखिन्छ । तर पत्रको वास्तविक सन्दर्भ हेर्दा मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका होइनन् ।

मेस्सीले आफ्ना दिवंगत पिता जर्ज मेस्सीलाई सम्बोधन गर्दै भावुक पत्र लेखेका हुन् । जर्जको अगस्ट ८ मा ६८ वर्षको उमेरमा निधन भएको थियो ।

पत्रमा मेस्सीले आफूले लामो समयदेखि फुटबल खेल्दै आएको र अब आफ्नो भविष्यबारे गम्भीर रूपमा सोच्न थालेको संकेत गरेका छन् ।

पत्रमा उनले आफूलाई सुरुदेखि साथ दिएका बुबालाई सम्झँदै लेखेका छन्, ‘अब बुबाबिनाको जीवन कसरी अघि बढाउने भन्नेमा अन्योलमा छु।’ उनले अब धेरै लामो समय फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफूलाई गम्भीर शंका रहेको बताएका छन्।

मेस्सीले आफ्ना बुबाले २०२६ को विश्वकप खेल्न आफूलाई निरन्तर आग्रह गरेको पनि उल्लेख गरेका छन्। अर्जेन्टिना फाइनलसम्म पुगे पनि बुबा त्यो खेल प्रत्यक्ष हेर्न अमेरिका जान सकेनन्।

यसअघि पनि मेस्सीको संन्यासबारे विभिन्न दाबीहरू सामाजिक सञ्जालमा फैलिएका थिए । तर उपलब्ध विश्वसनीय अन्तर्राष्ट्रिय खेल रिपोर्टअनुसार उनले अहिलेसम्म अर्जेन्टिना राष्ट्रिय टोली वा इन्टर मियामीबाट औपचारिक संन्यास घोषणा गरेका छैनन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ९ : ०२ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट