बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन « Khabarhub

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण सहयोग समिति गठन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीका केन्द्रीय सचिव एवं बागमती प्रदेशका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रभावित जिल्लाका पार्टी नेतृत्व र भातृ सङ्गठनका प्रमुख राखिएको छ । समितिअन्तर्गत विभिन्न कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारीे बाँडफाँट गरिएको छ ।

कार्यविभाजनअनुसार समितिका टोली यही भदौ १६ गते रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रस्थान गर्ने जनाइएको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्नेछ ।

यसअघि एमालेका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित नुवाकोटलगायत क्षेत्रमा स्थलगत अध्ययन गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा उल्लेखित सुझावका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज समिति गठन गरी कार्यविभाजनसहित जिम्मेवारी तोकेको एमालेले जनाएको छ ।

यसैबीच एमालेको तेस्रो केन्द्रीय कमिटीको बैठक आगामी असोज ५, ६ र ७ गते काठमाडौँमा बस्ने तय भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले बैठकको मिति तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विपद्पछिको अवस्था, समसामयिक राजनीतिक विषय, पार्टीको साङ्गठनिक अवस्था तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ९ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु