बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन « Khabarhub

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि केन्द्रीय राहत, उद्धार तथा पुनःनिर्माण सहयोग समिति गठन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीका केन्द्रीय सचिव एवं बागमती प्रदेशका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रभावित जिल्लाका पार्टी नेतृत्व र भातृ सङ्गठनका प्रमुख राखिएको छ । समितिअन्तर्गत विभिन्न कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारीे बाँडफाँट गरिएको छ ।

कार्यविभाजनअनुसार समितिका टोली यही भदौ १६ गते रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रस्थान गर्ने जनाइएको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्नेछ ।

यसअघि एमालेका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित नुवाकोटलगायत क्षेत्रमा स्थलगत अध्ययन गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा उल्लेखित सुझावका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज समिति गठन गरी कार्यविभाजनसहित जिम्मेवारी तोकेको एमालेले जनाएको छ ।

यसैबीच एमालेको तेस्रो केन्द्रीय कमिटीको बैठक आगामी असोज ५, ६ र ७ गते काठमाडौँमा बस्ने तय भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले बैठकको मिति तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विपद्पछिको अवस्था, समसामयिक राजनीतिक विषय, पार्टीको साङ्गठनिक अवस्था तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ९ : ११ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको