भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन « Khabarhub

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट त्रिशूली नदीले बगाएर गोरखाका नदी क्षेत्रमा फेला परेका थप सात शव आज व्यवस्थापन गरिएको छ ।

गोरखास्थित गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको क्षेत्रभित्र फेला परेकामध्य तत्काल पहिचान हुन नसक्ने थप सात शव आज अस्थायी रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

गोरखामा शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो । पहिचान गर्न सकिने सग्लो शव पोखरा पठाउने गरिएको जनाउँदै पहिचान गर्न समस्या हुने किसिमका शवलाई लुदीखोला घाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

भोटेकोशी बाढीले रसुवालगायत क्षेत्रबाट बगाएर ल्याएका र पहिचान गर्न नसकिने अवस्थाका, सडेगलेका सात वटा शव प्रदेश अस्पताल गोरखामा पोष्टमार्टम गरी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १० : ३५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४