काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र जलमग्न भएको छ । उचित ढल निकासको व्यवस्था नहुँदा वर्षाको पानी बस्तीमा पस्दा सडक, घर तथा पसलहरू डुबानमा परेका छन् ।
डुबानका कारण स्थानीय बासिन्दा तथा व्यवसायी प्रभावित भएका छन् । वर्षाको पानी निकास हुन नसक्दा बस्तीका विभिन्न स्थानमा पानी जमेको छ ।

स्थानीयका अनुसार इमाडोल क्षेत्रमा भारी वर्षा हुँदा हरेक वर्ष डुबानको समस्या दोहोरिने गरेको छ । सामान्यभन्दा बढी वर्षा हुनासाथ बस्तीमा पानी पस्ने गरेको उनीहरूको भनाइ छ ।
पटकपटक समस्या दोहोरिँदा पनि वडा कार्यालयले ढल व्यवस्थापनमा पर्याप्त चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । उनीहरूले डुबानको दीर्घकालीन समस्या समाधानका लागि प्रभावकारी ढल निकासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षाका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ ।


















प्रतिक्रिया