काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५ ओभरमा छोट्याइएको छ ।
वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि मैदानमा पानी जमेपछि खेल ५ ओभरमा छोट्याइएको हो ।
दुई इनिङबीच १० मिनेटको इनिङ्ग्स ब्रेक हुनेछ ।
५ बजे सुरु हुने भनिएको विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल सात बजेर ४१ मिनेटदेखि सुरु हुने तय भएको छ ।
टस भने ७ बजे २५ मा हुनेछ ।














प्रतिक्रिया