अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू « Khabarhub

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई पुनः युद्धमा नफर्कन चेतावनी दिएका छन् ।

इरानको वर्तमान प्रशासनको आलोचना गर्दै आएका अमेरिका र इजरायलले सम्भावित सैन्य आक्रमणको धम्की दिएपछि खामेनीले यस्तो चेतावनी दिएका हुन् । शनिबार उनको आधिकारिक वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमा शत्रु राष्ट्रले पुनः सैन्य वा आतङ्कवादी आक्रमण गरे त्यसको जवाफ दिने समय र परिस्थिति इरानले नै निर्धारण गर्ने उल्लेख छ ।

‘यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमण गरे भने त्यसलाई रोक्ने समय र अवस्था इरानका सशस्त्र बल र इरानी जनताले निर्धारण गर्नेछन्,’ वक्तव्यमा भनिएको छ ।

सर्वोच्च नेता खामेनीले उच्च सैन्य कमाण्डरहरूसँगको बैठकपछि यस्तो अभिव्यक्ति दिएका हुन् । बैठकमा सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र क्रान्तिकारी गार्डका कमाण्डर अहमद वाहिदी सहभागी थिए । सर्वोच्च नेता बनेपछि सार्वजनिक जानकारीमा आएको उनीहरूको यो पहिलो बैठक हो ।

खामेनीले कमाण्डरहरूलाई कुनै पनि स्तर वा प्रकारको धम्कीको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन् । साथै, अमेरिकी र इजरायली पक्षका मूर्त तथा अमूर्त सम्पत्तिलाई सम्भावित लक्ष्यको सूचीमा अद्यावधिक गर्न पनि आदेश दिएका छन् ।

सर्वोच्च नेताको चेतावनी सार्वजनिक भइरहँदा मध्यपूर्वमा युद्ध पुनः सुरु हुन नदिन कूटनीतिक प्रयाससमेत भइरहेका छन् ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न देशमा आक्रमण गरेको थियो । उक्त युद्धमा इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अमेरिकी–इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

यसैबीच, शुक्रबार कतारको एक प्रतिनिधिमण्डल तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको जनाएको छ । यद्यपि, इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले उक्त पत्रको जवाफ दिइसकेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ८ : ०१ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५