सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल गएराति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर– ६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको  थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल घाइते भएका छन् । उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : २७ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को