संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत « Khabarhub

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीयता विरोधी पार्टी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीति सङ्घीयता विरोधी रहेको उल्लेख गर्दै पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिको कुनै अर्थ नहुने स्पष्ट पारेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले मधेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा संघीयतालाई बलियो बनाउँदै अघि बढ्ने बताएका थिए ।

उनले लेखेका छन्– ‘पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो ।’

उनले संघीयताविरोधी शक्तिलाई मधेशबाट पराजित गर्नु नै मधेशी शहीदप्रतिको सम्मान हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘सङ्घीयत खारेज गर्नु रास्वपाको निरन्तरको एजेन्डा रहँदै आएको छ, पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो, यसर्थ मधेश यी संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ, त्यो नै मधेशी शहीदको सम्मान हुनेछ ।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ९ : २९ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती