काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै थापाले उम्मेदवार छनोटको पुरानो अभ्यास अन्त्य हुने दाबी समेत गरेका छन् ।
‘अब स्थानीय र प्रदेशको चुनाव अघिनै पार्टीको अधिवेशन हुनेछ, अधिवेशनबाट चुनिएको कार्यसमितिले उम्मेदवारको टिकट प्राइमरी इलेक्सनबाट वडाका साथीहरूले छान्नुहुन्छ,’ उनले भने ।
टिकटका लागि अब पार्टी नेतृत्व रिझाउनुपर्ने राजनीतिक संस्कारको अन्त्य भएकोमा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।
‘यो बदलिएको कांग्रेस हो, यहाँ पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन,’ उनले भने ।
सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०/४० को भागबण्डा समाप्त भएको दाबी गर्दै समान व्यवहारको सिद्धान्तमा पार्टी अघि बढ्ने बताए ।
‘सुधारिएको कांग्रेस पार्टीमा अब कुनै गुट छैन, कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन, सबैलाई समान व्यवहार गर्नेगरी पार्टी चल्छ,’ उनले भने ।













प्रतिक्रिया