युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति « Khabarhub

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको ‘ऊर्जा पूर्वाधार’ युद्धविराममा युक्रेन पूर्ण रूपमा तयार रहेको बताएका छन् । युक्रेनी समाचार एजेन्सीका अनुसार, शुक्रबार रातिदेखि लागू भएको यो युद्धविराममा युक्रेनले आक्रमण रोक्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले साँझ राष्ट्रलाई सम्बोधन गर्दै भने, ‘युक्रेनले आक्रमणमा संयमता अपनाउन तयार छ, र आज हामीले रुसका ऊर्जा पूर्वाधारमाथि कुनै आक्रमण गरेका छैनौँ ।’

उनले यस कदमलाई जनताको जीवन जोगाउन र ऊर्जा प्रणाली सुरक्षित राख्न आवश्यक ठानेको बताए।

जेलेन्स्कीले अमेरिकी पक्षले दुवै देशलाई ऊर्जा पूर्वाधारमाथि एक हप्तासम्म आक्रमण नगर्न प्रस्ताव गरेको जानकारी पनि दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको राजधानी किएभसहित अन्य सहरहरूमा एक हप्तासम्म आक्रमण नगर्न आग्रह  गरेका थिए। उनका अनुसार अत्यधिक चिसो मौसमका कारण ऊर्जा प्रणालीमा क्षति पुगेमा जनजीवन झनै कठिन हुनेछ 

यस अनुरोधका उत्तरस्वरूप क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनका ऊर्जा पूर्वाधारमाथि फेब्रुअरी १ सम्म आक्रमण रोक्ने सहमति जनाएको जानकारी दिएका छन् । आरबीसी–युक्रेन समाचार माध्यमले यो तथ्य सार्वजनिक गरेको छ ।

विश्लेषकहरूले यस कदमलाई हालको द्वन्द्वमा मानवीय राहततर्फको सानो तर महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन् । यद्यपि, दीर्घकालीन शान्ति र स्थिरता कायम राख्न अझै कूटनीतिक पहल र वार्ता आवश्यक रहेको उल्लेख गरिएको छ ।

यस युद्धविरामले युक्रेनका नागरिकहरूलाई कठिन जाडो मौसममा ऊर्जा आपूर्ति कायम राख्न सहयोग पुर्याउने र जनजीवनमा केही राहत दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : २९ बजे

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर