‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’ « Khabarhub

‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेतृत्व परिवर्तन गरेर आएको कांग्रेस नै नयाँ पार्टी भएको जनतालाई बुझाउन कार्यकर्तालाई कांग्रेसका सभापति गगनकुमार थापाले आग्रह गरेका छन् । 

काठमाडौं–४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा उनले सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय गर्ने हुटहुटी लिएर आएको बताउन जरुरी रहेकोमा उनले जोड दिए ।
 
‘भाद्र २३ र २४ को घटनाले चाहेजस्तै यो कांग्रेस बदलिएर नयाँ सकल्पसहित आएको छ । यदि कसैले म पुरानोलाई भोट दिन्न भन्छ भने, नयाँ नै खोजेको हो भने गगनलाई सभापति बनाएर बदलिएर आएको कांग्रेस नयाँ हो भनेर बुझाउनु पर्छ,’ उनले भने । 

हिजो दायाँबायाँ फर्किएका पार्टी चुनाव जित्न एकठाउँमा आउनुमात्रै नयाँ हो भन्दै प्रश्न समेत गरे । 

हिजो माओवादी पनि नयाँ शक्ति थियो निकास आयो त ? यो कांग्रेस बदलिएर आउको छ । भदौमा लागेको आगोले सबै जलायो खरानी बनायो त । तर देश बनाउन त धैर्यता चाहिन्छ । यो कांग्रेससँग धैर्यता छ, सुधारको एजेण्डा छ, भोक, शोक, चेत सबै छ,’ उनले थपे । 

युवा पुस्तालाई सम्बोधन गर्दै उनले कांग्रेस आत्मसमीक्षा गर्दै सुधारिएको स्वरूपमा अघि बढ्ने हुँदा साथ दिन अनुरोध गरे । 

‘हामी सम्हालिँदै, सुधारिँदै आउनेछौँ, संविधानभित्रका आधारभूत मूल्य जोगाउँदै परिवर्तन गर्नुपर्ने विषयहरू क्रमशः परिवर्तन गर्दै जानेछौं’।

परिणाम पाउन प्रक्रियालाई पूरा गर्न हतार गर्दा पुन दुर्घट्ना निम्तिन सक्ने हुँदा प्रणाली विकास गर्दै अघि बढ्नेमा उनले जोड दिए ।

‘अब नेपाललाई आगो होइन, पानी चाहिएको छ, हावाहुरी होइन, शीतल बतास चाहिएको छ, देश–विदेश, हिमाल–पहाड–तराई जोड्ने शक्ति आवश्यक छ, बदलिएको कांग्रेस मात्रै यो क्षमता लिएर आएको छ,’ उनले थपे । 

थापाले नेपाली कांग्रेस झुपडीदेखि महलसम्मको पार्टी भएको उल्लेख गर्दै सुशासनका लागि संस्था बलियो बनाउनुपर्नेमा जोड दिए ।

‘संस्था कमजोर रहे देश फेरि दुर्घटनामा पर्न सक्छ,’ उनले चेतावनी दिए ।

नेपालको संविधानमा एशियामै पहिलो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको स्मरण गराउँदै उनले भने, ‘तरपनि नेपालमा हुने हरेक आन्दोलनमा भ्रष्टाचारको विषय उठिरहन्छ, यसको कारण त्यस्ता संस्था समेत राजनीतिकरण गरिनु  र प्रमुख नियुक्तिमा भागबन्डामा हुनु हो,’। 

आफू नौ महिना स्वास्थ्य मन्त्री हुँदा बीमा व्यवस्थापनमा काम गरेको उल्लेख गर्दै थापाले भने,‘अहिले त्यो प्रणाली कोल्याप्स हुने अवस्थामा छ, किनकि प्रणाली बलियो बनेन । कांग्रेस बोल्नेभन्दा प्रणाली बनाउनेमा विश्वास गर्छ,’ ।

फास्ट ट्र्याक, सिंचाइ लगायतका विकास आयोजनाहरू समयमै सम्पन्न नहुनुको कारण पनि स्पष्ट पार्दै ठेक्का तोड्ने–खोल्ने प्रक्रियामा समस्या छ । 

त्यसका लागि ४२ वटा कानुन संशोधन गर्नुपर्छ । सबै सेवाप्रवाह फेसलेस नबनाएसम्म ढिलासुस्ती हट्दैन । चुस्त दुरुस्त सेवा प्रवाह र लगायतका विषयमा विगत एक दशकदेखि आफुले योजना बनाइरहेको दाबी समेत गरे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १ : १८ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य