युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल « Khabarhub

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ४ बालुवाटारस्थित विशाल मिलन केन्द्रमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले कांग्रेसले युवा पुस्ताको आवाजलाई आत्मसाथ गर्न विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको बताए। गत भदौ २३ र २४ गतेको आन्दोलन युवा पुस्ताको आन्दोलन भएका उनको भनाइ थियो ।

महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुन नहुने बताए। आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको उनको भनाइ थियो ।

 पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका महामन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गरे।  

उनले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ३ : ०७ बजे

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो