बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’ « Khabarhub

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् तव ‘ग्यास्ट्रिक’ हुन्छ ।

यस्तै ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा. सुमित अग्रवालले जानकारी दिए । बयस्क मानिसलाई ‘ग्यास्ट्रिक’ले पेट दुख्ने, खाना नरुच्ने, मुखमा अमिलो आउने गर्दछ । 
 
बालबालिकालाई भने पनि मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने, कसैलाई खाना खाएपछि कम हुने, लगातार बान्ता आउने, पेट फुल्नेजस्ता समस्या देखा पर्दछन् । यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ ।

समयमा उपचार नगरे ग्यास्ट्रिकले पेटको दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्ने, पेटको सानो आन्द्राको प्वाल खुम्च्याउने, सानो आन्द्राको पहिलो भागमा अल्सरजस्ता समस्या देखापर्ने उनले बताए। उनका अनुसार कान्ति अस्पतालमा दिनमा दुइ–तीन ‘ग्यास्ट्रिक’ भएका बालबालिका आउने गर्दछन् । यस्तै रगत नै बान्ता गर्ने बिरामी हप्तामा एक-दुई जना अस्पताल आउने गरेका छन् । 

चिकित्सक डा अग्रवालले हप्तामा तीनदेखि पाँचको इन्डोस्कोपी गरेपछि ७५ प्रतिशतमा बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने गरेको बताए। शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्रिक भनिन्छ । 

उनका अनुसार सामान्यता १८ महिनादेखि १४ वर्ष मुनिका बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने र ‘ग्यास्ट्रिक’ देखिने गर्दछ । एच प्योलोरी भन्ने किटाणुका कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सात-आठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखा पर्छ । 

डा अग्रवालले ‘एच प्योलोरी’ जिवाणु औषधि दुई हप्ता खाएपछि निको हुने बताए । 
 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ४२ बजे

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी