सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून « Khabarhub

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । 

प्रमुख दलमध्ये नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेशका कुनै पनि क्षेत्रमा महिला उम्मेदवार नउठाउँदा नेपाली कम्युनिष्ट पार्टीले एक जना महिला उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । 

नेपाली कम्युनिष्ट पार्टीबाट विना मगर कञ्चनपुर क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । प्रदेशभरिका विभिन्न निर्वाचन क्षेत्रमा १८ महिला चुनावी मैदानमा उत्रिएका छन् । साविकको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नं १ बाट कोमल ज्ञवालीलाई चुनावी मैदानमा उतारेको छ  । 

प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाउने दल नेपाल मजदुर किसान पार्टी रहेको छ । सो पार्टीले कैलाली क्षेत्र नं १ मा सुनिता भण्डारी, क्षेत्र नं २ मा लक्ष्मी पुनमगर, क्षेत्र नं ३ मा जुनु महतरा शाही, क्षेत्र नं ४ मा अमृता भूल र क्षेत्र नं ५ मा तृषण पुनमगरलाई उम्मेदवार बनाएको छ । 

मितेरी नेपाल पार्टीले कैलाली निर्वाचन क्षेत्र नं २ मा सम्झना विष्ट थापा, क्षेत्र नं ३ मा सुशीला थापामगर र क्षेत्र नं ५ मा राधिकाकुमारी कार्की र डोटी जिल्लाबाट सरस्वतीकुमार पाल मल्ललाई उठाएको छ । आम जनता पार्टीले कैलाली क्षेत्र नं १ मा रुपाकुमारी चौधरी, कञ्चनपुर नं १ मा सीता विक र क्षेत्र नं ३ मा लक्ष्मीकुमारी विष्टलाई प्रत्याशी बनाएको छ ।

नागरिक उन्मुक्ति पार्टी, नेपालले कञ्चनपुर–२ बाट प्रेमवती रानालाई र राष्ट्रिय जनमोर्चाले कैलाली क्षेत्र नं ५ मा शोभामणि जोशीलाई उम्मेदवार बनाएको छ । मञ्जुदेवी सुनार र रुपादेवी विष्ट कञ्चनपुर क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । प्रदेशका १६ निर्वाचन क्षेत्रमा पुरुष र महिला गरी २०६ उम्मेदवार छन् । प्रदेशमा सबैभन्दा बढी उम्मेदवार कञ्चनपुर क्षेत्र नं १ मा १९ र क्षेत्र नं २ मा १९ जना छन् । सबैभन्दा कम बझाङमा सात उम्मेदवार छन् ।

    विघटित प्रतिनिधिसभाका पाँच सदस्य उम्मेदवार

कांग्रेस नेता एवं विघटित प्रतिनिधिसभा सदस्य एनपी साउद कञ्चनपुर क्षेत्र नं २ बाट पुनः उम्मेदवार बन्नुभएको छ । विघटित प्रतिनिधिसभाका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता दामोदर भण्डारी बैतडीबाट र अर्का नेता तारा लामा तामाङ कञ्चनपुर क्षेत्र नं १ बाट र कांग्रेस नेता पुष्पकुमार शाही अछाम क्षेत्र नं २ बाट पुनः चुनावी प्रतिस्पर्धामा छन्। 

प्रेमबहादुर आले नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली क्षेत्र नं ५ मा उम्मेदवार बनेका छन् । आले अघिल्लो निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट डोटीमा उम्मेदवारी बनेर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ३६ बजे

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न