सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या « Khabarhub

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । चैनपुर–१० इखुम्बुमा खुकुरी प्रहारबाट ४७ वर्षीय लिलाप्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।

आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए । उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको हो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । खुकुरी प्रहार गर्ने शिवकुमारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ९ : २० बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो