चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट « Khabarhub

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । राजु शाहको निर्देशन रहेको यो चलचित्रलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । गत निफ फिल्म फेस्टिभलमा शुभमुहूर्त गर्दै छायांकनमा निस्किएको यो चलचित्र नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ ।

राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाका अलवा चलचित्रमा रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायतको पनि अभिनय समेटिएको छ ।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा, संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टको रहेको छ । चलचित्रको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् ।

मुख्य सहायक निर्देशक शम्भु गौतम र किशोर डंगोल तथा नरेन्द्रकुमार केसी सहनिर्देशक रहेको यस चलचित्रलाई दिपेन बस्न्यातले छायांकन एवं सम्पादन गरेका छन् । चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व छ भने सुनिलप्रसाद श्रेष्ठ निर्माण नियन्त्रक हुनुहुन्छ । चलचित्रका गीतमा श्रीपुरुष ढकालको शब्द रचना, रोशन बालुवाको संगीत एवं स्वर रहेको छ ।

जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोराछोरी र समाजले हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने विषयवस्तु चलचित्रमा उठाइएको निर्देशक राजुले बताए ।

यस्तै, निर्माता सुनिलले चलचित्रले वंश धान्न समाजमा छोरा नै चाहिन्छ भन्ने सोचलाई उजागर गर्दै समाजमा जकडिएर रहेको कुसंस्कारका विरुद्ध आवाज उठाएको बताए ।

नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक शाहले यसअगाडि ‘नमस्ते नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका थिए । चलचित्रलाई द पिक स्टुडियोमा पोष्ट प्रोडक्सन गरिएको छ भने पोष्टर डिजाइनमा आइडिएल रहेको छ । चलचित्रको वितरकमा एनसिजिएन रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ३३ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा