देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ « Khabarhub

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै पठाउनुपर्ने बताएका छन् ।

नेपाल मजदुर किसान पार्टीको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ कानुन अध्ययन समाजले आयोजना गरेको ‘न्याय दृष्टि’ पुस्तक सार्वजनिक गर्दै उनले जनताको आफ्नो सही प्रतिनिधि चयन गर्न मतदाताको चेतनास्तरमा पनि वृद्धि हुनुपर्ने बताए ।

अध्यक्ष बिजुक्छेँले भने , “जनताले मतदानमार्फत देश र जनताको हितमा काम गर्ने पार्टी र व्यक्तिलाई संसद्मा पठाउनुपर्छ, तब मात्र देश र जनताको हितमा काम हुन सक्छ । मतदान गर्नुअगाडि उम्मेदवारको पृष्ठभूमि हेरेर, उसको क्षमता बुझेर मात्रै मतदान गर्नुपर्छ । जनताको चेतनास्तर सुध्रन आवश्यक छ ।”

देशको पक्षमा कानुन बन्न नसके सङ्कट आउने भन्दै उनले गलत कानुन बनेमा संसद्मा लडेर भए पनि परिमार्जन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ३६ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई