इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित « Khabarhub

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच विकेटको घातक बलिङमा भारतले न्युजिल्यान्डलाई पाँचौं टी–२० अन्तर्राष्ट्रिय खेलमा ४६ रनले पराजित गरेको छ।

शनिबार तिरुवन्थपुरममा भएको हाइ–स्कोरिङ भिडन्तमा भारतले २७१ रनको विशाल योगफल खडा गर्दै श्रृंखलाको अन्तिम खेललाई रोमाञ्चक बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा २७१ रन बनायो। यो भारतको टी–२० अन्तर्राष्ट्रिय इतिहासमा तेस्रो सर्वाधिक योगफल हो भने न्युजिल्यान्डविरुद्धको सबैभन्दा ठूलो स्कोर पनि बनेको छ।

भारतको विशाल योगफलको केन्द्रमा रहे इशान किशन । उनले मात्र ४३ बलमा १० चौका र ६ छक्कासहित शतक पूरा गर्दै दर्शकलाई उत्साहित पारे । कप्तान सूर्यकुमार यादवले ६३ रनको महत्वपूर्ण योगदान दिए भने हार्दिक पान्ड्याले ४२ र अभिषेक शर्माले ३० रन जोड्दै भारतलाई बलियो स्थितिमा पुर्‍याए।

बलिङतर्फ न्युजिल्यान्डका लागि लकी फर्गुसनले २ विकेट लिए भने ज्याकब डफी, काइल जेमिसन र मिचेल सान्टनरले समान १–१ विकेट झारे। तर भारतको आक्रामक ब्याटिङलाई रोक्न उनीहरू पर्याप्त भएनन्।

२७२ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको न्युजिल्यान्डले सुरुवात भने धमाकेदार गर्‍यो। फिन एलेनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई राम्रो गति दिलाए । नवौं ओभरमा टोली ११७–१ को अवस्थामा पुग्दा एलेन ३८ बलमा ८० रन बनाएर आउट भए । यही विकेटपछि न्युजिल्यान्डको लय बिग्रियो र लगातार विकेट पतन हुन थाल्यो।

अन्त्यतिर इश सोधीले ३९ रन, रचिन रविन्द्रले ३० रन र डारिल मिचेलले २६ रन बनाए पनि लक्ष्य निकै ठूलो भएकाले न्युजिल्यान्ड १९।४ ओभरमै २२५ रनमा अलआउट भयो।

भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिँदै खेलको निर्णायक मोड दिएका थिए। अक्षर पटेलले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रिंकु सिंहले १–१ विकेट झारे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ११ : ११ बजे

बालेनको विवादले छायामा नीति तथा कार्यक्रम र बजेटमाथिको बहस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ निरन्तर विवादमा परिरहँदा सरकारको नीति

कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक

काठमाडौं- समसामयिक राजनीति, कविता, मुक्तक र गजल लेखनमार्फत परिचित साहित्यकार कमल

निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक

काठमाडौं– निर्यात व्यवसायी महासङ्घले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ