चुनावअघि सुरक्षा प्रत्याभूति चाहियो : बंगलादेशका अल्पसङ्ख्यक नेता « Khabarhub

चुनावअघि सुरक्षा प्रत्याभूति चाहियो : बंगलादेशका अल्पसङ्ख्यक नेता


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशका एक जना प्रभावशाली अल्पसङ्ख्यक नेताले राष्ट्रिय चुनावअघि आवश्यक सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । बंगलादेश हिन्दू बौद्ध इसाई एकता परिषदका अध्यक्ष नीमचन्द्र भौमिकले अन्तरिम सरकारसमक्ष यस्तो माग राखेका हुन् ।

उनले अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई लक्षित गरी भइरहेका दमनविरुद्ध आवश्यक कदम चाल्न पनि सरकारसमक्ष आग्रह गरेका छन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले आफूहरु चुनावमा सहभागी हुन इच्छुक रहेपनि यसका लागि सरकारले उचित वातावरण बनाउनुपर्ने बताए ।

उनले निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरुले यसतर्फ ध्यान नदिएको आरोप पनि लगाए । उनले बंगलादेशका अल्पसङ्ख्यक समुदाय न्यायको प्रतिक्षामा रहेको बताए ।

उनले स्वतन्त्रता सङ्ग्राम, समानता, मानवीय मर्यादा र सामाजिक न्यायका आधारमा बंगलादेशको स्थापना भएको स्मरण गर्दै यसलाई नबिर्सिन सरकारसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ४७ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा