हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु « Khabarhub

हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर नजिकै सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । मानव अधिकारवादी संस्थाका अनुसार उक्त हिंसात्मक आक्रमणमा अन्य ३० जना घाइते भएका छन् ।

त्यहाँको सरकारले भने मृतकको संख्या १६ मात्र रहेको दाबी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण २४ घण्टा जारी थियो । ग्याङका सदस्यले जाँ–डेनिस वरपरका ग्रामीण भेगमा पसेर अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा आगजनी गरेका थिए ।

मानव अधिकारवादी संस्था ‘डिभेन्सर्स प्लस’ ले यस हिंसाका कारण ६ हजारभन्दा बढी मानिस विस्थापित भएको अनुमान गरेको छ । संयुक्त राष्ट्र संघका अनुसार उक्त क्षेत्रमा सशस्त्र समूहले छापा मार्न थालेपछि केही दिनयता मात्रै २ हजारभन्दा बढी मानिसले आफ्नो घर छाडिसकेका छन् ।

प्रहरीले सुरुमा १६ जनाको मृत्यु र १० जना घाइते भएको रिपोर्ट सार्वजनिक गरेको थियो भने नागरिक सुरक्षा निकायको प्रारम्भिक प्रतिवेदनमा १७ जनाको मृत्यु र १९ जना घाइते भएको उल्लेख थियो ।

संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ताले हैटीस्थित राष्ट्र संघीय कार्यालयले घटनाको सूक्ष्म अनुगमन गरिरहेको बताएका छन् । राष्ट्र संघका अनुसार मृतकको संख्या १० देखि ८० को बीचमा हुन सक्ने अनुमान गरिएको छ । प्रवक्ताले घटनाको निष्पक्ष र गम्भीर छानबिन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : ३२ बजे

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि

घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित