अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव « Khabarhub

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिएका छन् ।

उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन्, ‘महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उहाँले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ ।’

महावीरले दिनुभएको अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा र दयाभाव राख्न सिकाउने र सत्यको पालनाले इमानदारी र नैतिकताको मार्गमा दृढ रहन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको कथन छ ।

लोभ–लालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा महावीरको विचारले दिने उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकान्तवादले विभिन्न दृष्टिकोणलाई सम्मान गर्दै सहिष्णुता र सामाजिक सद्भावलाई बलियो बनाउने स्पष्ट पारेका छन् । ब्रह्मचर्यले आत्मसंयम र आध्यात्मिक उन्नतिको बाटो देखाउने र यी सबै सिद्धान्तहरु आजको समाजमा उत्तिकै सान्दर्भिक रहेको उपराष्ट्रपतिको भनाइ छ ।

‘महावीर जयन्ती धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक उत्सव पनि हो । यस अवसरमा हुने पूजा–अर्चना, शोभायात्रा, भक्ति सङ्गीत र सामूहिक प्रार्थनाले समाजमा एकता, मेलमिलाप र भाइचाराको सन्देश फैलाउँछ । यसले हामीलाई आत्मचिन्तन गर्न, कर्म शुद्धीकरण गर्न र समाज तथा राष्ट्रको हितमा योगदान दिन प्रेरित गर्दछ’, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

भगवान् महावीरले ‘बाँच र बाँच्न देऊ’ भन्ने अमूल्य सन्देश दिएको स्पष्ट पार्दै उपराष्ट्रपतिले जीवनका विभिन्न आदर्शहरुलाई सरल उदाहरणसहित प्रस्तुत गर्दै मानवलाई सत्य, सदाचार र तपस्याको मार्गमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन् ।

महावीरको उपदेशले क्रोधलाई शान्तिले, असत्यलाई सत्यले र दुष्टतालाई सद्गुणले पराजित गर्न सकिन्छ भन्ने अमर शिक्षा दिने सन्देशमा बताएका छन् ।

महावीरले देखाएको सत्मार्गलाई आत्मसात् गर्दै सुखी, शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने सङ्कल्प लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले यस जयन्तीले हरेक नेपालीलाई नैतिकता, सहिष्णुता र मानवतावादी मूल्यको मार्गदर्शन प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : ३१ बजे

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि

घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित