जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी « Khabarhub

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।

शहीद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी शहीदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो ।

उक्त नामावलीमा शहीद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वतीसहित २७ जना जेनजी शहीदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ ।

शिवनाथ– २ शर्माली घर भएका दीपकको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि सहायकको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए ।

जेनजी आन्दोलनमा दीपकसिंह शहीद भएपछि सरकारले यसअघि नै उनीको परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ ।

यस्तै शिवनाथ गाउँपालिकाले पनि शहीद परिवारलाई गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि शहीद परिवारलाई प्राथमिकतामा राखिएको जनाएको छ । (रासस)

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १० : ५६ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ

मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा

एजेन्सी– म्यान्माको सैनिक शासन थप मजबुत हुने संकेत देखिँदै गएको

आगलागीबाट साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया बस्ने गंगाराम भण्डारीको घरमा मंगलबार बिहान आगलागी

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने

दक्षिण लेबनानमा चार इजरायली सैनिक मारिए

काठमाडौं – दक्षिण लेबनानमा भएको संघर्षमा इजरायलका चार सैनिक मारिएका