दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा « Khabarhub

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न सवारीसाधनमाथि कडाइ गर्दै यसमा संलग्न टिपर, जेसिबी र एक्साभेटर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले शुद्धोधन गाउँपालिका–२ कलुवास्थित दानव नदीबाट अवैध रूपमा माटो उत्खनन तथा ओसारप्रसार भइरहेको अवस्थामा भे१क १३४४५ नम्बरको जेसिबी, लु२ख ४९९५ नम्बरको टिपर र ना१क ८०२६ नम्बरको एक्स्काभेटर नियन्त्रणमा लिएको हो ।

ती सवारीलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिका कार्यालय पठाइएको र सो क्रममा तीन लाख २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

जिल्लामा चोरी, तस्करी नियन्त्रणसँगै प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय ढुङ्गा, गिट्टी, बालुवा तथा माटोको अवैध उत्खनन गर्नेविरुद्ध प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने बताएको छ । प्रहरीले यस्ता गतिविधि रोक्न निरन्तर अनुगमन र कारबाहीलाई तीव्र बनाएको जनाएको छ । (रासस)

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको