दक्षिण लेबनानमा चार इजरायली सैनिक मारिए « Khabarhub

दक्षिण लेबनानमा चार इजरायली सैनिक मारिए


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण लेबनानमा भएको संघर्षमा इजरायलका चार सैनिक मारिएका छन् भने दुई जना घाइते भएका छन्।  

इजरायल रक्षा बल (आईडीएफ)ले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएको छ।

आईडीएफका अनुसार घाइतेमध्ये दुई सैनिकलाई अस्पताल भर्ना गरिएको छ, जसमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। साथै, एक जना रिजर्भ सैनिक पनि घाइते भएका छन्।

यसैबीच, युनाइटेड नेशनले दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (यूएनआईएफआईएल) का तीन शान्ति सैनिक मारिएको जानकारी दिएको थियो।

उक्त घटनाप्रति प्रतिक्रिया दिँदै आईडीएफले घटनाको विस्तृत छानबिन भइरहेको जनाएको छ। ‘यी घटनाहरू हिज्बुल्लाहको आक्रमणका कारण भएका हुन् वा आईडीएफकै कारबाहीका क्रममा भएका हुन् भन्ने विषयमा स्पष्ट पार्न अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

आईडीएफले थप भनेको छ, ‘यी घटनाहरू सक्रिय युद्ध क्षेत्रभित्र भएका हुन्, त्यसैले शान्ति सैनिकलाई भएको क्षतिलाई सिधै आईडीएफसँग जोड्नु उपयुक्त हुँदैन।’

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : ३९ बजे

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको

शेखर आएपछि सुरु भयो कांग्रेस पूर्णबहादुर पक्षको बैठक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ ।