इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार « Khabarhub

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१ जना चालक दलका सदस्यहरूको संयुक्त खोजी र उद्धार टोली (एसएआर) ले जीवित उद्धार गरेको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।

जिवित व्यक्तिहरू र एसएआर कार्यालयको समन्वयमा पालु खोजी र उद्धार कार्यालयबाट एसएआर टोलीले स्थानीय समय अनुसर विहान लगभग ०८ः२४ मा दक्षिण बोलाङ मोङ्गोन्डो, उत्तरी सुलावेसीको पानीमा बगिरहेको डङ्गा फेला पारेको जनाइएको छ । 

माछा मार्ने डुङ्गामा रहेका २१ जना मध्ये एकजना क्याप्टेन, एकजना चिफ इन्जिनियर र १९ जना चालक दलका सदस्यहरू रहेको पालु एसएआर अफिसका प्रमुख मुह रिजालले बताएका छन् ।  सबै सदस्यहरूलाई सुरक्षित फेला परे पछि एसएआर सञ्चालन हाललाई बन्द गरिएको  उनले बताए ।

रिजालले सबै मानिसहरूलाई उद्धार गरि स्वास्थ्य जाँचका लागि स्थानीय अस्पतालमा  लगिएको बताए । 

यस अघि आइतबार साँझ तालियाबु टापुबाट केमा गाउँ प्रस्थान गरे पछि उक्त डुङ्गा डुबेको रिपोर्ट गरिएको थियो भने डुङ्गामा रहेका सबै यात्रुहरू बेपत्ता भएको पालु खोजी र उद्धार कार्यालयले जनाएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : २२ बजे

एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं– नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश

काठमाडौं– पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले पूर्वपति जीपी तिमल्सिनासँग