जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो « Khabarhub

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको छ।

तिमल्सिनालाई मंगलबार बिहान करिब ११ बजे सादा पोसाकमा आएका प्रहरीले अनामनगरबाट ‘पार्टीका मान्छे हौँ, काम छ’ भन्दै नियन्त्रणमा लिएका थिए । 

उनलाई त्यसपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुर्‍याइएको थियो। सरकारको आलोचना गरेको भिडियोका कारण आफूलाई नियन्त्रणमा लिएको दाबी तिमल्सिनाले गरेकी छन्। 

प्रहरीले आइन्दा सरकार विरोधी भिडियो नबनाउन चेतावनी दिँदै लिखित कागज गराएको उनले बताएकी छन्।

‘कुनै पनि भिडियो बनाउँदा गृह मन्त्रालयको अनुमति लिनुपर्ने भनियो,’ तिमल्सिनाले भनिन्, ‘प्रहरी कार्यालयमा लिखित कागज गराएर भर्खर छाडिएको छ।’

तिमल्सिना तत्कालीन नेकपाभित्र पनि माओवादीनिकट मानिन्छिन्। उनलाई पार्टीले गत २९ असोजमा जेन–जी रेडफोर्सको संयोजक बनाएको थियो। उक्त संगठनले देशभर सञ्जाल विस्तार गर्दै जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताइएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा कतिपयले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाएका छन् । केहीले प्रहरी कारबाहीबारे जानकारी माग गरेका छन्। यसबारे प्रहरी केही बोलेको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ३ : ०७ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी