सरकारले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्यो « Khabarhub

सरकारले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्यो


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको छ। यससँगै सरकारले उनको राहदानी पनि रोक्का गरिदिएको छ।

गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रको नेतृत्वमा करिब दुईतिहाइ नजिकको शक्तिशाली सरकार बनेसँगै सम्पत्ति शुद्धीकरण कसुरमा कयौँमाथि छानबिन अघि बढेको छ।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालसहितमाथि सम्पत्ति शुद्धीकरण कसुरमा छानबिन थालेको छ।

त्यही छानबिनका क्रममा पहिलो चरणमा कम्तीमा पनि डेढ सयजनामाथि सरकारले सम्पत्ति शुद्धीकरण कसुर लगाउने तयारी गरेको छ। भट्टले अबदेखि विदेश जानुपरेमा सरकारको अनुमति लिनै पर्ने भएको छ।

यसरी सम्पत्ति शुद्धीकरण कसुरमा छानबिन अघि बढेपछि व्यवसायी भट्टलाई विदेश जान नपाउने गरी अध्यागन विभागले कालोसूचीमा राखेको हो । उनलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र अनुसार सोमबारदेखि अध्यागमनले कालोसूचीमा राखेको पुष्टि गृहमन्त्री सुधन गुरुङको सचिवालयका एकजना सदस्यले मंगलबार गरेका छन् ।

व्यवसायी भट्टमाथि यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पनि छानबिन प्रयास गरेको थियो । तर त्ययसबेला उनीमाथिको छानबिन रोकिएको थियो । अहिले बालेन्द्रले सत्ता सम्हालेसँगै उनलाई विदेश जान नदिने गरी अध्यागमनको कालोसूचीमा राखिएको हो ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार चल्दा भट्ट प्रभावशाली व्यक्तिका रुपमा थिए । त्यसबेला प्रधानमन्त्री ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सिधै पहुँच राख्ने थोरै व्यक्तिमध्ये उनी पनि पर्थे ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : २७ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता