नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । 

नेप्से परिसूचक १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो । ३३९ कम्पनीको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर एक लाख ३७ हजार ८५७ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ५५ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

बैङ्किङ शून्य दशमलव ७६, विकास बैङ्क शून्य दशमलव ९०, वित्त एक दशमलव १२, होटल तथा पर्यटन एक, जलविद्युत् शून्य दशमलव ७५ र लगानी समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । 

त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त शून्य दशमलव ५१, निर्जीवन बिमा शून्य दशमलव ७६ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनी लिमिटेडको ४८ करोड ४८ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको १५ लाख ६० हजार ६१ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ३६ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर