प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी « Khabarhub

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । 

आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोडेका थिए । नेपाल पुलिस क्लबका दिनेश खरेलले पाँच विकेट र सागर ढकालले दुई विकेट लिएका थिए । 

जबाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले ३३ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा १६५ रन जोडेको थियो । नेपाल पुलिस क्लबको जितमा मोहम्मद आरिफ शेखले ८१ रन, रसिद खानको ७३ रन जोडेका थिए । 

कोशी प्रदेशका विपिनकुमार महतोले दुई विकेट र दीपेश कँडेलले एक विकेट लिएका थिए । आजको खेलमा नेपाल पुलिस क्लबका दिनेश खरेल ‘म्यान अफ दी म्याद’ घोषित भएका छन् । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ५३ बजे

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०