ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो  « Khabarhub

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई भ्रष्टाचार नियन्त्रणतर्फको प्रशंसनीय सुरुवात भन्दै स्वागत गरेको छ।

संस्थाले मंगलबार जारी विज्ञप्तिमा प्रतिनिधि सभाको करिब दुईतिहाइ बहुमतसहित गठन भएको नयाँ सरकारले जनताको सुशासनप्रतिको चाहना अनुरुप कार्यसूची ल्याएको उल्लेख गरेको छ। 

लामो समयदेखि उठाइँदै आएका सुशासनसम्बन्धी अधिकांश विषयहरू समेटेको भन्दै उक्त कार्यसूचीलाई सकारात्मक कदमका रूपमा लिइएको उक्त संस्थाले उल्लेख गरेको छ। 

अध्यक्ष मदनकृष्ण शर्माले मन्त्रिपरिषद्को पहिलो बैठकमै समयसीमासहितको बृहत् कार्यसूची पारित हुनु प्रधानमन्त्री बालेन्द्र नेतृत्वको सरकारको सुशासनप्रतिको प्रतिबद्धता झल्काउने कार्य भएको जनाएका छन् । 

यसका साथै कार्यसूची कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको भन्दै तोकिएको समयमै सबै काम सम्पन्न हुने विश्वास पनि व्यक्त गरिएको छ।

संस्थाले सुशासन प्रवर्द्धनका लागि आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : ३५ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु