महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ « Khabarhub

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र हत्या गरेको आरोपमा अर्की महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार पीडित महिलाले आफ्नो फोटोमा अश्लील टिप्पणी गर्दै सार्वजनिक रूपमा बेइज्जती गरेको, घृणा र द्वेष फैलाएको भन्दै उजुरी दिएकी थिइन्।

उक्त उजुरीका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट रामेछापको मन्थली नगरपालिका–१२ स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्काको संलग्नता खुलेको हो।

भगवती रेस्लिङ खेलाडी हुन् । युनिका उपनामले चिनिने रेस्लर खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनमा पनि समावेश गरिएको छ ।

भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।

२०८१ जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त रेस्लिङ प्रतियोगिता भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भिडन्त भएको थियो । उक्त खेलमा भगवती विजयी भएकी थिइन् । त्यसै कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डसमा समावेश गरिएको थियो ।

तर उनै विश्वकीर्तिमानधारी भगवती अर्की महिलाको चरित्र हत्या अभियोगमा समातिएकी हुन्।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौंको आदेशमा उनीमाथि चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिलीप कुमार गिरी जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : ५५ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ