पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि : आर्सनल टाइब्रेकरमा पराजित « Khabarhub

पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि : आर्सनल टाइब्रेकरमा पराजित


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । आर्सनलका तर्फबाट पेनाल्टी सुटआउटमा इबेरेची एजी र ग्याब्रिएल गोल गर्न चुकेपछि पीएसजीले फाइदा उठाएको हो ।

अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको आर्सनल फाइनलमा पराजित भएको यो दोस्रो पटक हो । यसअघि सन् २००६ को फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएको थियो ।

पीएसजी भने प्रतियोगिताकै इतिहासमा रियल म्याड्रिडपछि लगातार दुई वर्ष उपाधि जित्ने पहिलो टोली बनेको छ । पीएसजीका लुइस एनरिकले प्रशिक्षकका रूपमा तेस्रो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेका हुन् ।

निर्धारित समयको खेलमा आर्सनलले काइ हाभर्टेजको गोलबाट अग्रता लिएको थियो । तर, पीएसजीका ओसमन डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ६ : ३४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण