बजेटले अर्थतन्त्र चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गर्यो : सिबिफिन « Khabarhub

बजेटले अर्थतन्त्र चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गर्यो : सिबिफिन


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सिर्जना गरेको बताएको छ । सिबिफिनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत लिएको नीतिको स्वागत गरेको हो ।

‘प्रस्तुत बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोवल अभिवृद्धि, लगानी प्रवद्र्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरुको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) हार्दिक स्वागत गर्दछ’, सिबिफिनको विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्र एवं आर्थिक गतिविधि, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’ को मनोवृत्ति, बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था तथा बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै आएको सन्दर्भमा प्रस्तुत बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई पुनःचलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गरेको सिबिफिनले जनाएको छ ।

‘कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजीटल अर्थतन्त्रको प्रवद्र्धन, प्रविधि एवं पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकासमा जोड, लगानीमैत्री नीति निर्माण तथा वातावरणको सृजना तथा बैंकिङ क्षेत्रमा निकै चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गरिने ऐतिहासिक घोषणा अत्यन्तै दुरदर्शी, सकारात्मक एवं समयसापेक्ष कदमका रुपमा सिबिफिनले लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकको रुपमा आत्मसाथ गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको सिबिफिनको बुझाइ छ । व्यक्तिगत आयकरमा छुटको सीमामा वृद्धि, करको दरमा पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्थाहरुले समग्र आर्थिक गतिविधिहरुमा सकारात्मक ऊर्जा संचार गर्ने सिबिफिनले जनाएको छ ।

साथै, बजेटले आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सृजना, उत्पादन अभिवृद्धि, निजी क्षेत्रको पुनर्जागरणसहित उच्च आर्थिक आत्मविश्वासतर्फ अर्थतन्त्रलाई अग्रसर गराउने महत्वपूर्ण आधार निर्माण गर्ने सिबिफिनले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १२ : २२ बजे

मधेसको खानेपानी समस्या समाधान गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय मधेस प्रदेशमा सुक्खा

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौं– नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको

स्वास्थ्य समता शुल्क कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति, तत्काल खारेज गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३ ८४ को

एक घण्टा ढिला गरी बसेको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित 

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका