स्वास्थ्य समता शुल्क कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति, तत्काल खारेज गर्न माग  « Khabarhub

स्वास्थ्य समता शुल्क कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति, तत्काल खारेज गर्न माग 


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट स्वास्थ्य समता शुल्क शीर्षकमा ३ प्रतिशत कर उठाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले उपचारका लागि अस्पताल पुगेका बिरामीमाथि थप आर्थिक भार पर्ने र यसले बिरामी तथा उनका आफन्तमाथि अन्याय हुने जनाएको छ ।

संघका अनुसार विगतमा पनि नेपाल चिकित्सक संघको पहलमा यस्तै प्रकारको कर फिर्ता गरिएको थियो । तर यस वर्ष पुनः त्यही व्यवस्था ल्याइनु दुःखद र खेदजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले स्वास्थ्य सेवा प्राप्त गर्न आएका बिरामीबाट अतिरिक्त शुल्क असुल्नु उचित नभएको भन्दै सरकारले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने माग गरेको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयले बिरामीलाई थप आर्थिक भार पर्न गई अन्याय हुने भएकाले अविलम्ब खारेज गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

संघले स्वास्थ्य सेवामा पहुँच सहज बनाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताउँदै बिरामीमाथि थप करको भार थोपर्ने नीतिले उपचार सेवाको पहुँचलाई समेत प्रभावित पार्न सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १२ : ४६ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको