प्रधानमन्त्री संसद्‍मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति « Khabarhub

प्रधानमन्त्री संसद्‍मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद् बैठकमा बोल्न तयार भएका छन् । उनी बोल्न रोस्ट्रममा उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई दुई मिनेट समय दिएर प्रश्न सोध्न भनेका छन् ।

अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट समय दिएका छन् । ती दलका सबै सांसदलाई बोल्न दिइएको छैन ।

बैठकको सुरुमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि विवाद निरुपण नभएको हो।

प्रधानमन्त्री शाह पहिलो पटक रोस्ट्रममा उक्लिएर आफूलाई प्रश्न सोध्न आग्रह गरेका थिए । उनलाई प्रश्न सोध्ने दुई मिनेट समय सभामुखले दिएपछि प्रतिपक्षी दलहरूले नियमापत्ति गरे ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावली ७९ को ५६ (१) को उल्लंघन भएको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री शाहलाई लिखित प्रश्न सोध्न पाउनुपर्ने अडान उनले राखे । उता एमालेका सचेतक ऐन महरले यसमा नियमापत्ति जनाए । कांग्रेसका अर्जुननरसिंह केसीले प्रधानमन्त्री बोल्न तयार हुनु सकारात्मक भएको बताए ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १ : ४२ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल