सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा « Khabarhub

सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवाहरूको नेतृत्व, नवप्रवर्तन र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘काठमाडौं युथ कन्क्लेभ’को झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ।

आयोजकका अनुसार हजारौं नेपाली युवाको सपना र आकांक्षाको प्रतीकका रूपमा रहेको कन्क्लेभको झण्डा सगरमाथाको शिखरसम्म पुर्‍याइएको हो। यसलाई नेपाली युवाको ऊर्जा, सम्भावना र विश्वमञ्चमा स्थापित हुने आकांक्षाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कार्यक्रम आयोजकले झण्डा सगरमाथाको चुचुरोसम्म पुर्‍याउन योगदान गरेको एलिट एक्सेडप्रति आभार व्यक्त गर्दै यसले केवल एउटा झण्डा मात्र नभई नेपाली युवाको आशा, सपना र भावनालाई विश्वको सर्वोच्च स्थानसम्म पुर्‍याएको उल्लेख गरेको छ।

यसैबीच, आयोजकले आगामी कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुन इच्छुक युवाहरूलाई आवेदन दिन आह्वान गरेको छ। कार्यक्रममा स्वयंसेवक बनेर अविस्मरणीय अनुभव सिर्जना गर्ने अवसर रहेको उल्लेख गर्दै युवाहरूलाई अभियानमा जोडिन आग्रह गरिएको छ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : ०८ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी