सर्वोच्चको फैसलाः चेक बाउन्स मुद्दामा प्रहरीले समाउन नपाउने (फैसलासहित) | Khabarhub Khabarhub

सर्वोच्चको फैसलाः चेक बाउन्स मुद्दामा प्रहरीले समाउन नपाउने (फैसलासहित)


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गर्न नपाउने फैसला गरेको छ।

सर्वोच्चले चेक बाउन्ससम्बधी मुद्दा बैंकिग कसूर तथा सजाय ऐन २०६४ अनुसार सरकारवादी फौजदारी मुद्दा अन्तरगत चलाउँदा भन्दा विनिमय अधिकार पत्र ऐन, २०३४ अुनसार मुद्दा चलाउँदा पीडितको अधिकार बढी सुरक्षित हुने ठहर गरेको हो ।

गएको असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरु डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दा नभई विनिमय अधिकार पत्र ऐन, २०३४ अनुसार दुनियावादी देवानी मुद्दा हुने भन्दै ऐतिहासिक फैसला गरेको हो ।

कैलालीकी निर्मला सोडारीले १८ लाख ८५ हजार रुपैयाँ गणेशकुमार रावललाई दुईवटा चेकमार्फत दिएको रकम बाउन्स भएपछि परेको पुनरावेदन मुद्दामा अन्तिम सुनुवाई गर्दै सर्वोच्चले चेक बाउन्ससम्बन्धी मुद्दालाई देवानी मुद्दाअन्तरगत हेर्नुपर्ने नजिर स्थापित गरेको हो ।

मंगलबार सार्वजनिक भएको सर्वोच्चको फैसलामा भनिएको छ, ‘सुविधा सन्तुलनको हिसाबलेसमेत स्पष्ट कानुनी दायित्व किटिएको तत्कालनको मौजुदा कानुनमा भएको उपचारको मार्गबाटै पीडितले बढी सुविधा प्राप्त गर्नसक्ने अवस्था हुँदाहुँदै पीडितको हक नै कुण्डित हुनेगरी बैंकिग कसूर अन्तरगत अभियोग लगाई सरकारवादी हुने मुद्दाको रोहबाट हेरी इन्साफ गरिएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको प्रस्तुत मुद्दाको फैसला पुनरावेदन रोहमा उचित मान्न सकिएन ।’

बैंकिग कसूर अन्तरगत चेक बाउन्सको मुद्दा सुनुवाइ गर्दा पीडित पक्षले ब्याज नपाउने र पाउनु पर्ने रकमबाट पनि राजश्व स्वरुप ३० प्रतिशत कटौती हुने गरेको छ । विनिमय ऐन २०३४ अनुसार सुनुवाइ हुँदा सम्बन्धित व्यक्तिले अदालतबाट मुद्दा फैसला भएर रकम लिने दिनसम्मको ब्याजसमेत पाउनेछ ।

यस्तो छ फैसला पत्र

 

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ४४ बजे

पर्वतका ९१ साना उद्योग बन्द

पर्वत– कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

महोत्तरी– महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी

कोशीका मुख्यमन्त्री कार्की सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएपछि

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप

काठमाडौं– अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ