नामिबियासँग पराजित भयो नेपाल « Khabarhub

नामिबियासँग पराजित भयो नेपाल


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग आठ विकेटको हार व्यहोरेको छ ।

यो हारसँगै शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना कठिन बनेको छ ।

मंगलबार नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपालले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

नाबियाका लागि जान फ्राइलिंकले अविजित ७८ रनको योगदान गरे । उनले बलमा ८९ आठ चौका र एक छक्का प्रहार गरे । यसैगरी, माइकल भान लिंगनले ५१ रन बनाए । उनले ७९ बलमा सात चौका प्रहार गरे । जान निकोल लोफ्टी इटोनले अविजित १७ रन जोडे ।

फ्राइतिंकले दोस्रो विकेटका निम्ति लिंगनसँग ८७ तथा तेस्रो विकेटका लागि इटोनसँग ५२ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए ।

नामिबियाका जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए । उनले ९.५ ओभर बलिङ गर्दै एक मेडनसहित २७ रन खर्चिए । यसैगरी, बर्नान्र्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले दुई–दुई विकेट हात पारे ।

यो जितसँगै २९ खेलमा २४ अंक जोडेको नामिबिया छैटौँ स्थानमा उक्लिएको छ । पराजित नेपाल समान खेलबाट २४ अंकका साथ पाँचौँ स्थानमा कायम छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ४० बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता