कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल « Khabarhub

कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्लासभालाई आज सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित भएर विकासका योजना निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्दै निष्कृय बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारी गरेको बताए।

जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले हरेक स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणमा अग्रसरता लिन आग्रह गर्दै उनले भने, “विकास निर्माणका कार्यलाई अनुगमन गर्दै समृद्धिको यात्रामा सहयोग पु¥याउनु पर्दछ ।”

समग्र चितवनवासीको एउटै ‘चिन्तन, सफा सुन्दर र समृद्ध चितवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो जिल्लासभामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चालू आवका लागि आन्तरिकतर्फ रु ३९ करोड ६५ लाख ५६ हजार ६६८ र बाह्य स्रोततर्फ रु दुई करोड छ लाख ६९ हजार ९७३ को बजेट पेश गरे ।

सो अवसरमा डल्लाकोटीले आगामी वर्षमा जिल्लामा गरिने पाँच वटा विशेष प्रस्तावसमेत पेश गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ लगायतले जिल्लाको सम्रग विकासका विविध पक्षमाथि प्रकाश पारे ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ५ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै