विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै « Khabarhub

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेल आज आयोजक नेदरल्यान्डससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ ।

यो खेल नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ ।

विश्वकप लिग– को अर्को खेलमा जुलाई २७ मा नेपालले पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

हालसम्म लिग–२ मा २९ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । समान २९ खेल खेलेको नामिबियालेसमेत २४ अंक बनाएको छ । रनरेटका आधारमा नामिबिया तालिकाको छैटौँ स्थानमा छ । २८ खेल खेलेको नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

शीर्ष स्थानको अमेरिकाले ४३ र दोस्रो स्थानको स्कटल्यान्डले ३८ अंक जोड्दा ओमान ३१ अंकसहित चौथो स्थानमा छ । ओमानलाई पछाडि पार्न नेपालले अब कम्तिमा चार खेल जित्नुपर्छ । क्यानडा २४ अंकसहित सातौँ स्थानमा छ भने १४ अंक बनाएको युएई पुछारमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ६ : १५ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता