अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी « Khabarhub

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि इरानलाई जिम्मेवार ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान र हुथी दुवैलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पको यो चेतावनी तेहरान समर्थित हुथीहरूले रेड सीमा तेल ट्याङ्करहरूमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि आएको हो। उनीहरूले साउदी अरबमाथि नाकाबन्दी लगाएको दाबी गरेका छन् ।

‘अमेरिकाले इरानलाई जिम्मेवार ठहर गर्नेछ, किनकि हुथी इरानी सहयोगमा चलेका छद्म सशस्त्र समूह हो । यदि यमनी विद्रोहीहरूले रेड सीमा थप आक्रमण गरे भने इरान र निश्चित रूपमा हुथीहरूमाथि ठूलो सैन्य दण्ड दिइनेछ,’राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् ।

ट्रम्पले भने, ‘गत वर्ष अमेरिकाले हुथीहरूमाथि गरेको आक्रमण र फेब्रुअरीमा अमेरिका तथा इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धपछि हुथीहरूले ‘अहिलेसम्म अत्यन्त व्यावसायिक र बुद्धिमानीपूर्ण’ व्यवहार गरिरहेका थिए। अहिले फेरि आफू हुथीहरूको व्यवहार ‘अत्यन्तै दुःखद्’ देखिएको छ ।’

हुथीहरूले बुधबार रेड सीमा एउटा साउदी जहाजमा आक्रमण गरेका थिए, जसले मध्यपूर्व युद्धलाई नयाँ अवस्थामा पु¥याएको छ र तेलको मूल्यमा उछाल ल्याएको छ। यो हप्ताको सुरुतिर हुथीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेका थिए भने त्यसपछि उनीहरूले दुईवटा साउदी तेल ट्याङ्करमा आक्रमण गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ९ : ३९ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट