बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा « Khabarhub

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबीच नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी आज सम्झौता भएको छ ।

सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यकपर्ने रगत निःशुल्क उपलब्ध गराइनेछ । रगतको सेवा शुल्कबापत प्रतिपिन्ट रु एक हजार १०० नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई त्रैमासिक रूपमा भुक्तानी गर्नेछ ।

सम्झौतापत्रमा अर्जुनधारा नगरपालिकाका तर्फबाट नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र प्रमुख प्रशासकीय अधिकृत हिमराज सिँहाइ तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका तर्फबाट सभापति लोकराज ढकाल र शाखा अधिकृत हरिशरण खड्काले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि नगरप्रमुख तामाङले उपचारका क्रममा आर्थिक अभावका कारण कुनै पनि नगरवासी रगतबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताए ।

‘रगत अभावका कारण कुनै पनि नागरिकको उपचार प्रभावित हुनुहुँदैन भन्ने नगरपालिकाको मान्यता हो’, उनले भने, ‘ यस सम्झौताले नगरवासीलाई सहज, छिटो र निःशुल्क रूपमा रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

सेवा लिन बिरामीले चिकित्सकले सिफारिस गरेको रगत मागको पुर्जी, अर्जुनधारा नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने कागजात तथा रगत बुझेको रसिद पेस गर्नुपर्नेछ । सम्झौताअनुसार एउटै बिरामीलाई बढीमा पाँच पोकासम्म रगतको सेवा शुल्क नगरपालिकाले व्यहोर्ने छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ९ : ४९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग