मन्दिरमा किन चढाइन्छ नरिवल ? यस्तो छ भ्रम र वास्तविकता | Khabarhub Khabarhub

मन्दिरमा किन चढाइन्छ नरिवल ? यस्तो छ भ्रम र वास्तविकता


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तजनहरुले मन्दिरमा सवैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरिवलको प्रयोग बढी हुन्छ ।

नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ हुन्छ ‘शुभ फल’। त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन शुरु भएको धार्मिक विश्वास रहँदै आएको छ ।

वैदिक शास्त्र तथा पुराण तथा महाकाव्यहरुमा मन्दिरमा नरिवल चढाउनुपर्ने विषयमा उल्लेख गरिएको पाइन्छ । यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ।

नरिवललाइ धेरै जस्तो शुभकार्य गर्न प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ। नरिवललाई उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ ।

नरिवललाई विवाह, चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदि कार्यमा पनि प्रयोग गरिन्छ।

कुनै कार्यको शुभारम्भ पूर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल फोड्नुपर्ने धार्मिक विश्वास रहँदै आएको छ ।

पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडि वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ। नरिवललाइ दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ।

नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ। धार्मिक विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ।

भगवानलाइ किन चढाइन्छ नरिवल ?

शुभकार्य गर्दा भगवानको मूर्ति अगाडी नरिवल चढाइन्छ। यसो गर्नुको कारण यस्तो छ–

परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो। पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो। पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चठाउन थालिएको विश्वास गरिन्छ । किंवदन्ती अनुसार नर वलीको ठाउँमा नरिवललाई प्रयोग गरिएको पाइन्छ ।

सांकेतिक अर्थ

नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकार पनि टुट्ने बुझिन्छ। अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक विकासको लागि सबैभन्दा ठुलो कारक मानिन्छ।

हिन्दु धर्मग्रन्थ अनुसार नरिवल फल नै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए।

सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए।सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने।

भित्री फल बाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ। बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ।  भित्री फल त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ।

भित्री फलबाट तेल पनि निकाल्न सकिन्छ। यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ। नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ।

नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ। पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। किड्नीमा पथ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०६ बजे

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

बोगोटा- कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै

संसदको गतिरोध हटाउन सभामुखको सक्रियता, तीन दलका प्रमुख सचेतकसँग के भने ?

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख