सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन « Khabarhub

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा सुरक्षा प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा शुक्रबार समिति बैठकले भारत र चीनसँगका सीमा क्षेत्रबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूलाई दृष्टिगत गर्दै सीमा सुरक्षा प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सरकारलाई निर्देशन दिएको हो ।

सीमा सुरक्षालाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सुरक्षा निकायलाई आवश्यक जनशक्ति, स्रोत, साधन, आधुनिक उपकरण तथा पूर्वाधारसहित सुदृढ बनाई आवश्यक स्थानहरूमा पर्याप्त बोर्डर आउटपोस्ट स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिइएको समिति सभापति जयन्ती देवीराइले जानकारी दिइन् ।

बैठकले सीमा सुरक्षा खटिएका सुरक्षा निकायले सीमा अपराध नियन्त्रण, गस्ती, निगरानी, सूचना आदानप्रदान गर्ने कार्य तथा अन्तरनिकाय समन्वय प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने गरी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक नयाँ कानुनी व्यवस्था तर्जुमा गरी सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउन समेत निर्देशन दिएको उनले जानकारी दिइन् ।

साथै बैठकले लागूऔषध नियन्त्रण, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, मानव तस्करी, भन्सार र छली, रोहिंग्या लगायत विदेशी नागरिकहरूको अवैध प्रवेश तथा अन्य सीमा अपराधको प्रभावकारी नियन्त्रणका लागि अध्यागमन, भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सम्बन्धित निकायबीच आवश्यक तथ्याङ्क, डाटा आदानप्रदान हुने एकीकृत प्रणाली विकास गरी डिजिटल बोर्डर व्यवस्थापन प्रणाली यथाशीघ्र निर्माण तथा कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ । 
 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ७ : ४६ बजे

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’