विदेशबाट ल्याउँदा यी सामानमा लाग्दैन भन्सार | Khabarhub Khabarhub

विदेशबाट ल्याउँदा यी सामानमा लाग्दैन भन्सार


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले २०७६ साल जेठ १५ गतेदेखि लागू हुने गरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुको भन्सार सम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार तोकिएको परिमाणमा वस्तुहरु ल्याउन वा लैजान सकिन्छ । विदेशबाट फर्केका नेपाली यात्रुले ल्याउने व्यक्तिगत प्रयोजनका सामानहरुमा भन्सार महसुल पूर्ण छुट पाउनेछन् ।

लुगाफाटा, औषधी, अशक्त यात्रुका सहाराको लागि प्रयोग हुने सामान, ५० ग्रामसम्म सुन, एकलाख रुपैयाँसम्म मुल्य पर्ने सुन वा हिराजडित गहना, कम्प्युटरजन्य सामग्री एकएक थान, ७ किलोसम्म खाद्य परिकार र १ लिटरसम्म मदिरा ल्याउन ल्याउँदा भन्सार दस्तुर तिर्नुपर्दैन ।

यी सामान तोकिएको परिमाणभन्दा बढी ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसोबास गरेको मुलुक आदिको आधारमा भन्सार महसुल सम्बन्धी निर्णय हुने व्यवस्था छ ।

सिमानामा ओहोरदोहोर गर्ने व्यक्तिलाई भने उल्लेखित कुनै पनि सुविधा दिइने छैन ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : २८ बजे

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन्

भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद